नियम ३८
सामाजिक उत्तरदायित्व
(१) ऐनको दफा ४९ को उपदफा (१) को प्रयोजनको लागि प्रतिष्ठान तथा शैक्षिक संस्थाले आफ्नो आयबाट नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको रकम अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको रकमको उपयोग अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारीका अवसरहरुको सम्बर्द्धन, प्रवर्द्धन, पुनर्स्थापना र सशक्तीकरणको काम समेतको लागि गरिनेछ।
(२) उपनियम (१) बमोजिमको रकमको उपयोग अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारीका अवसरहरुको सम्बर्द्धन, प्रवर्द्धन, पुनर्स्थापना र सशक्तीकरणको काम समेतको लागि गरिनेछ।